केहि अनुभूतिहरू आमाका दाजु या भाइ नहुनु सम्वन्धिका विषयहरू घरज्वाँइ र रहरहरू आमाका यादहरू आमाका महानवाणी र अनुभवहरू मनकी श्रीमती, प्राप्त श्रीमतीज्यू र मेरो रहर श्रीमती, शाली र जेठीसासू असार १२ गते संयाेगले आज असार १२ गते २०७ ( । पोहोर त मैले ठूलो खुशी साटेको दिन आज त ... । तै पनि विहान जेठानी दिदी सबेरै वाहिरीनु भयो, पाख्रीबास भन्नुहुन्थ्यो मलाइ त । अलि मधुरो दिन थियो, विहानै व्यूँझनु भएछ । करिब साडे ५ बजे । माइली राती कति बेला आउनु भयो ? झल्याँस्स दुवै व्यूँझियाैं, माइलीले सुकोलास्थान छाडीहाली बाँकी लम्पसार नै । तै उठ्नै पर्यो, के हाे कसाे हो चल्याे । कसैकसैले सर्याक-सुरूक कडालेकाे आवाज चल्यो । हतेरिका उज्यालो पो भइ हालेछ । विहानीको नित्यकर्म र अध्याँरो अनुहार संगै विहानीको पैदल यात्रा गर्ने कि भनेर भूँइतला के झरेको पानी स्यार्रर्रर वर्षियो । बाटो लाग्ने बेलामा रित्तो गाग्री भट्टाए सरह । धन्न बाटो भने लागीइ सक्न पाइएन । फेरी भर्याङबाट माथि फर्कन लागेको माइली छोरी लुरूलुरू भर्याङमा भेटिइन, कुरो भएन । माथि पुगे, पल्लो कोठाको भाइले पो नानी त टेम्पो बोलाउन गएकि हुन कि कसो भनेर भन्नु...